बुबा

 जब मनमा छचल्किन्छन स्नेहका ती यादहरु ।

अश्रुधारा बग्न थाल्छन् सम्झदा ती रातहरु ।।

कसले पो थाम्न सक्छ मनका ती वेगहरु ।

जब भाँचिन्छ खम्बा निराधार जीवनमा म के गरुँ ।।


अप्रिय ती खबरसँगै हराएछु कता कता ।

भौतारिँदै खोज्नथालेँ सबैतिर जता तता ।।

रन्किएको आगोबाट चारै दिशा उज्वल हुँदा ।

अन्धकारमै छु झैँ लाग्यो अप्रिय ध्वनिले छुँदा ।।


रमाएरै पो के गर्नु पाइन्न ती साथहरु ।

सम्झिएरै बित्छन् आजकाल दिन अति रातहरु ।।

सपनीमै भएपनि भेट्न मन छ बुबा ।

कहिले हावा कहिले पानी बनी आउनु बुबा ।।

                            


Comments