म वक्ता बने तर च्याङ् शृ बन्न सकिन



जसरी सिद्धार्थ गौतम गुरुवर कौडिन्यको शिष्य बनेँ 

जसरी गुरुवर कौडिन्य गौतम बुद्धको शिष्य बनेँ 
न म अग्रजको शिष्य बन्न सके, न कनिष्ठको गुरु बन्न सकेँ
बन्न त म वक्ता बने तर च्याङ् शृ बन्न सकिनँ

कलम ठुलो कि तरबार ठुलो भन्दै
विजयि बन्ने तिव्र अभिलाषामा कुद्दै
घोकेर होस वा बुझेर होस लामो व्याख्या गर्न सक्ने बनेँ
वक्तृत्व कलामा भाग लिने वक्ता बनेँ
बन्न त म वक्ता बने तर च्याङ् शृ बन्न सकिनँ

न चार आर्य सत्य बुझे, न आठ सम्यक मार्ग बुझेँ
न मध्यम मार्ग बुझेँ न मोक्षको मार्ग बुझेँ
के बुझे के बुझिन थाहा नपाई धेरै कुरा बुझेँ
बुझ्न त धेरै बुझे त्यही भएर अरुलाई बुझाउे वक्ता बनेँ
बन्न त म वक्ता बने तर च्याङ् शृ बन्न सकिनँ

भन्नलाई त ताव प्रदायक गुरु तिमी भित्र बुद्ध छ भन्नु भो
बुद्ध बन्नलाई जागृत हुनु पर्दछ भन्ने बुझ्न सकिनँ
दिव्य चक्षु के हो त्यो पनि बुझ्न सकिनँ
तेश्रो आँखाको त झन के कुरा त्यो त बुझ्नै सकिनँ
बुझ्न त धेरै बुझे त्यही भएर अरुलाई बुझाउने वक्ता बनेँ
बन्न त म वक्ता बने तर च्याङ् शृ बन्न सकिनँ

Comments