स्नेहका यादहरु

स्नेहका यादहरु


 जब मनमा छचल्किन्छ स्नेहका यादहरु

अश्रु धारा रोक्नलाई कस्ले पो सक्छ हजुर


कसले पो थाम्न सक्छ मनका ती वेगहरु

जब भाँचिन्छ अडेस लाग्ने त्यो बलियो थाम हजुर

 

हराएछु कता कता सुन्दा ती खबरहरु

सुन्नै सकिन त्यसै त्यसै मुटु भरिएर आयो हजुर


रन्किएको आगोबाट चारै दिशा उज्वल हुँदा

मनभित्र छायो अन्धकार उज्यालो पाइन हजुर


रमाएरै पनि के गर्नु जब पाइन्न ति साथहरु

हुरी आई भत्किएछ यो जिन्दगी को छानो हजुर


Comments