ताव धर्मसभा


बुझिसकेर पनि बुझ्न बाँकी जीवनको अर्थ
थाहा नपाए तावको बहुमुल्यता सिकाइनै भो व्यर्थ
जागृत हुन चाहिन्छ बोधितत्व र सत्कर्मको अभ्यास
मार्ग हो सही तीन ज्ञानका भण्डारको पूून: अभ्यास

बुझेर प्रकार आदेशका किन र केका लागि भनि
दिव्य आदेश र यसका प्रमाण राख्नु मनमा गुनी
फरक छैन जसरी आकाश हर घरका लागि
ताव र धर्मको भिन्नता बुझि बढ्नु सँधै अगाडि

प्राणि मात्रको उच्चतम धर्म के हो हृदय खोली बुझ
मानवीय सत्कारका सिद्धान्त बुझ्नुनै अन्तिम ज्ञान बुझ
साँसारिक र दिव्य वाचा कसमको अर्थ गहिरो छ मान
मोक्षको मार्गमा हिँड्न दश महान प्रतिज्ञा अनिवार्य छ जान

कर्म र परिणामको लागि साकाहारिता नै हो उच्च ज्ञान
आन्तरिक र बाह्य सत्यका अभ्यासनै सन्त रुप जान
भगवानको अनुग्रह र गुरुहरुका सदाचारलाई समर्थन गरी
बिश्वास, प्रतिज्ञा, अभ्यास र निर्वाण प्राप्ती गर्ने तयारी

Comments